साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ
  • SNN Nepal

  • धनगढी । कैलालीमा साथीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने धनगढीका ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    बुढाथोकीको टाउकोमा चोट लागेको अवस्थामा २४ जेठमा कोठामै मृत फेला परेका थिए । घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको आशंकामा फरार भएका बस्नेतलाई लम्कीचुहा नगरपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    अहिले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images