निषेधाज्ञाका बेला मजदुरी गर्न नपाएर भोकै रहेकाहरूलाई कांग्रेस नेता भूपेन्द्रजंग शाहीलगायतको व्यवस्थापनमा नि:शुल्क खाना
  • SNN Nepal

  • काठमाडौं । निषेधाज्ञाका बेला मजदुरी गर्न नपाएर भोकै रहेकाहरूलाई खाना खुवाउन काठमाडौंको नयाँ बसपार्क र माछापोखरी क्षेत्रमा नि:शुल्क खाना वितरण गरिएको छ।

    हरेक दिन बिहान र साँझमा खाना वितरण गरिएको छ। खानाको व्यवस्थापन नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीलगायतले गरेका छन्। उक्त टिममा ऋषि कोइराला, सुमन गिरी र सुवास कट्टेललगायत छन्।

    शाहीले आफूहरूको पहल तथा व्यवस्थापनमा विगत एक सातादेखि खाना नि:शुल्क रूपमा खुवाउँदै आएको बताए। निषेधाज्ञाले भोकै रहेकाहरूलाई लक्षित गरेर खाना खुवाइएको उनको भनाइ छ।

    आजसम्म २ हजार पाँच सयभन्दा बढीलाई खाना खुवाइसकिएको उनले बताए।

    कोरोना महामारीका बेला भोकै रहेकाहरूलाई सहयोग गरिएको र यो निषेधाज्ञाभर नै नि:शुल्क खाना खुवाइने उनले बताए।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images