फर्निचर उद्योगबाटै गैरकानुनी रुपमा काठको कारोबार, साढे ३ सय क्युबिक फिट काठ बरामद
  • SNN Nepal

  • कञ्चनपुर । गैरकानुनी रुपमा काठको कारोबार भएको पाइएपछि प्रहरीले कञ्चनपुरस्थित एक फर्निचर उद्योगबाट काठ बरामद गरेको छ ।

    प्रहरीका अनुसार गैरकानुनी रुपमा फर्निचर उद्योगमा काठको कारोबार हुने गरेको सूचनाका आधारमा भीमदत्त नगरपालिका–१० को फर्निचर उद्योगबाट काठ बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार रमेश भट्टले सञ्चालन गरिरहेको फर्निचर उद्योगबाट मंगलबार ३४०.४१ क्युबिक फिट आँप, टुडी, मसाला र सिसम जातको काठ बरामद गरिएको हो ।

    काठसहित सञ्चालक भट्टलाई प्रहरीले डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images