पर्यटनमन्त्री अरगरियाद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
  • SNN Nepal

  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

    बुधबार विमानस्थल पुगेर मन्त्री अरगरियाले विमानस्थलको संरचना र सुधारका लागि भएका प्रयास बारेमा जानकारी लिए । त्यस्तै उनले विमानस्थलको रन वे र पार्किङ क्षेत्रको पनि निरक्षण गरेका छन् ।

    विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै शौचालयलगायत समग्र सरसफाइका बारेमा पनि उनले चासो व्यक्त गरे । अनुगमनका क्रममा मन्त्री अरगरियाले यात्रुहरुलाई सहज हुने गरी व्यवस्थापनलाई चूस्तदुरुस्त राख्न निर्देशन दिए ।

    विमानस्थल पहिलेको भन्दै धेरै नै सुधार भएको भन्दै उनले केही कमीकमजोरीलाई पनि समाधान गर्दै अघि बढ्ने धारणा राखे । उनले सरसफाइका लागि पनि २४ घण्टा नै जनशक्ति व्यवस्थापन गरिने जानकारी दिए ।

    उनले विमानस्थलको समग्र सुधार र व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढ्ने जानकारी दिए ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images