काम नभएपछि कर तिर्न सकिनँः कंगना रनावत
  • SNN Nepal

  • काठमाडौँ । बलिउड नायिका कंगना रनावतले काम नभएपछि आफूले करको आधा रकम पनि तिर्न नसकेको बताएकी छिन् ।

    उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘म सबैभन्दा बढी कर तिर्ने नायिका हुँ । मैले आफ्नो आम्दानीको ४५ प्रतिशत कर तिर्ने गरेकी छु । तर, काम नभएको कारण मैले गतबर्षको करको आधा रकम पनि तिर्न सकेकी छैन । जिवनमा पहिलो पटक मैले कर तिर्न ढिलाई गरेकी हुँ । व्यक्तिगत रुपमा हाम्रो लागि यो कठिन समय हुनसक्छ । तर, एकसाथ हुँदा हामी समय भन्दा पनि बलवान छौं ।’

    नायिका कंगना रनावत पछिल्लो समय चलचित्रका कारण भन्दा पनि आफ्नो विवादित बयानका कारण बढी चर्चामा छिन् ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images