सेती अस्पतालमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ सय ७९ नमुनाको परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । हालसम्म सो अस्पतालमा १ सय ७९ जनाको मृत्यु भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

    अस्पतालका अनुसार अहिले आईसीयुमा ९ र भेन्टीलेटरमा २ जना रहेको श्रेष्ठले बताए । उनले पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएको जानकारी दिए । त्यसमध्ये ४ जना निको भएका ३ जनाको संक्रमणबाट मृत्यु भएको उनले बताए ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images