आज बढ्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार
  • SNN Nepal

  • काठमाडौँ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्को छ ।

    आज सुन तोलामा ६०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँ बढेको छ ।
    नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ।

    यसअघि हिजो छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो।

    चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि बढेको चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँ प्रतितोला कायम भएको थियो।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images