सामाजिक अभियान्ताको समुह द्वारा १६ बिपन्न परिवारलाई खाधन्न वितरण
  • कमला थापा

  • सन्धिखर्क। कोरोना महामारीको कारण जिल्लामा लागेको निषेधाज्ञाले गर्दा खाधान्नको अभावले चुलो निभेका अति बिपन्न गरिब घरपरिवारलाई आज खाधान्न वितरण गरिएको छ।

    खाधान्न वितरण बिपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा ,सामाजिक अभियान्ता यूवराज थापा ,समाजसेवी विजय सुनार ,समाज सेवी सागर मरासिनी ,समाजसेवी मनोज पराजुलिको संयुक्त पहलमा पहिलो चरणमा जिल्लाका १६ जना बिपन्न गरिब घरपरिवारलाई ३०/३० किलोका चामलका बोरा ,२ प्याकेट तेल ,१ प्याकेट नुन समाजसेवी कमला थापा ,आशा घिमिरे ,समाजसेवी तथा पत्रकार गुरुदेव खनाल ,समाजसेवी यूवराज थापाको उपस्थितिमा अर्घा भगवती बिमानस्थलको प्रांगढमा खाधान्न बितरण गरिएको हो।

    सामाजिक अभियान्ता युवराज थापा ,विजय सुनार ,सागर मरासिनी सुर्य थापा लगायतको टिमले अर्घाखाँचीमा निषेधाज्ञा लागे पछि खाधान्नको अभावका कारण चुली निभेका भएका गरिब मजदुर हरुको घरमा खाधान्न प्रदान गरि चुलो बालिदिने कार्य गर्दै आईरहेको छ।

    सामाजिक अभियान्ता यूवराज थापाले अर्घाखाँची बुलेटिनलाइ दिएको जानकारी अनुसार आज पहिलो चरणको खाधान्न बिपन्न परिवारलाई वितरण गरिएको र दोश्रो चरणको खाधान्न वितरण पनि पुनस् सोहि अर्घाभगवती बिमान स्थलमा गरिने जानकारी दिनुभएको छ। दोश्रो चरणको खाधान्न वितरण २०र३० जना घर परिवारको समुह पुगी सके पछि उपलब्ध गराईने बताउनु भएको छ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images