चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारवाही गर्न संघको आग्रह
  • SNN Nepal

  • काठमाडौ । नेपाल आयुर्वेद चिकित्सक संघले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदै आएका आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । कर्णालीको सुर्खेतमा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत डा. शंकर प्रसाद रिजाल, डा. यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सुनियोजित ढंगले साङ्घातिक हमला गरी घाइते बनाइएको भन्दै संघले घोर भर्त्सना गरेको छ ।

    सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ९पहिलो संशोधन०, अध्यादेश २०७८ अनुसार पुर्पक्षका लागि थुनामा राखी हदैसम्मको जरिवाना र कैद तोक्न समेत माग गरेको छ ।

    संघका अध्यक्ष डा। प्रकाश ज्ञवालीले हस्ताक्षर गरेको विज्ञप्तिमा घाइते चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचारका लागि क्षतिपूर्ति दिलाउन समेत माग गरिएको छ । कर्णाली प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याइएको आइसोलसनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकद्वयमाथि बिहिबार साँझ १५–१६ जनाको समूहले आक्रमण गरेको थियो ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images