स्याङजा बाट सुरू भयो विवेकशील साझा पार्टीको विवेकशील साझा कृषि अभियान
  • SNN Nepal

  • स्याङ्जा । विवेकशील साझा कृषि अभियान स्याङ्जा जिल्लामा आजबाट शुरु भएको छ ।

    विश्वव्यापी फैलिएको कोरोना माहामारीमा रोजगारी गुमाई गाउँ घरमै रहनुभएका, स्वरोजगार बन्न इच्छुक दशौं हजार स्याङ्जाबासीहरूलाई आफ्नो घर टोल र गाउँ, शहरमा स्वरोजगार बनाउने यस अभियानको लक्ष्य रहेको विवेकशील साझा पार्टीद्वारा आयोजित प्रेस मीटमा जानकारी दिईएको छ ।

    पार्टीका केन्द्रिय सचिवालय सदस्य एवम् कृषि तथा सहकारी प्रमुख हिरामणी पौडेलले अभियानको बारेमा प्रेस मिटद्वारा जानकारी गराउनु भएको थियो ।

    विवेकशील साझा पार्टीको केन्द्रीय कृषि तथा सहकारी विभागको समन्वय र सहजिकरणमा सञ्चालन गरिने यो अभियान कृषि र सहकारी क्षेत्रमा कार्यरत रहेका र काम गर्न ईच्छुक सबै स्याङ्जालीहरुसँग हातेमालो र सहकार्य गरेर सञ्चालन गर्ने अभियानको उदेश्य रहेको छ ।

    अभियानका मुख्य क्रियाकलापहरु अन्तर्गत स्याङ्जा जिल्लाका गाउँरशहर सबै टोलहरुबाट कम्तीमा एक जना सुचना प्रविधि मैत्री कृषि स्वयंसेवक चयन गरिने छ । केन्द्रीय कृषि तथा सहकारी विभागको समन्वयमा विज्ञद्दारा कृषि स्वयसेवकलाई नियमित तालिम, छलफल अन्तरकृया गराईनेछ ।

    कृषि स्वयसेवकहरुले विभाग मार्फत विज्ञ र एपको सहयोग लिई आफ्नो कृषि व्यवसायका साथ साथै आफ्नो टोलका अरु छिमेकीहरुको समेत ब्यवसायिक र आधुनिक कृषि योजना निर्माणमा सहयोग गर्ने छन । एक जना कृषि स्वयसेवकले एक सय घर सम्मलाई समेटन सक्नेछन् । कृषि स्वयंसेवकहरुलाई उनिहरुको क्रियशिलता अनुसार यस अभियानले नियमित आम्दानी सृजना हुने गरि व्यवस्था मिलाएको छ ।

    स्वयंसेवकहरुले आफ्नो व्यवसायलाई व्यवस्थित गर्दै आफ्नो टोलर जिम्मेवारी भित्रका अरु कृषकहरुको प्राविधिक समस्या, लगानि ब्यवस्थापनको काम र उत्पादित कृषि उपजहरुको बजारिकरणको काम गर्नेछन । एक वर्ष भन्दा बढि यस अभियानमा आवद्ध भई कृषिका विभिन्न बिधामा ज्ञान र दक्षता हासिल गर्ने कृषि स्वयंसेवकहरुले सम्बन्धित सरकारी निकायबाट सीप परिक्षण गरि प्रमाणपत्र समेत लिन सक्नेछन् ।

    त्यस्तै कृषि क्षेत्रका प्राविधिक समस्याहरु समाधानका लागि विभाग मार्फत विज्ञहरुको सहयोगका साथ साथै एप प्रयोग हुनेछ । स्वयंसेवकहरुले २४ घण्टा भित्रै कृषि क्षेत्रमा देखिने प्राविधिक समस्याको समाधान दिन सक्ने गरि एप प्रयोग गरिएको छ ।

    त्यस्तै कुनै पनि कृषकले नियम अनुसार प्रकृया पूरा गर्दा पनि आफ्नो कृषि योजना कार्यन्वयन गर्न व्याज अनुदान लगायतका सुविधा नपाएमा राष्ट्र बैकमा उजुरी गर्ने, कृषकका यस्ता समस्याहरु समाधानका लागि यस अभियानमा संगठित कृषकहरुले पालिकाहरुलाई जिम्मावार बनाउन ज्ञापनपत्र, धर्ना वा अन्य रचनात्मक दबाबदिने जस्ता कार्य समेत गरिनेछ ।

    अभियान अन्तर्गत कृषि उपजहरुको बजारको ब्यवस्थापन गरि कृषकहरुको उत्पादन प्रचलित बजार मूल्य अनुसार उचित मुल्यमा विक्रि हुने गरि खरिद बिक्रि सम्झौताको ब्यवस्था गरिने छ । यसका लागि जिल्ला भित्रका ब्यापारीहरु, पोखरा, नारायणघाट, बुटवल र कालिमाटी काठमाडौमा समन्वय गरिएको छ । शहरी कृषि अभियान अन्तर्गत स्याङजा जिल्लाका शहरी क्षेत्रमा करेसाबारी र कौशी खेतिका योजनाहरु यस अभियानमा समेटिएको छ ।

    प्रत्येक कृषकका ब्यवसायीक र आधुनिक कृषि योजना निर्माण स् कृषि स्वयंसेवक मार्फत एपको प्रयोग गरि यस अभियानमा आवद्ध हुने सबै कृषकहरुको खेतबारीमा बजार, माटो र हावापानी अनुसारको आधुनिक र ब्यवसायीक खेती योजना निर्माणमा सहजिकरण गर्ने तथा अभियान अन्तर्गत सहकारी आन्दोलनलाई उत्पादनसँग जोडन सहकारी विज्ञहरुसँग मिलेर कार्य गर्ने, सबै कृषि उपजहरुको न्युनतम समर्थन मूल्य तोकि लागू गर्न स्थानिय स्तरबाट दबाब दिने । कृषकका समस्याहरुमा व्यापक कृषक एकता र रचनात्मक कृषक आन्दोलनका साथ अभियान सञ्चालित हुनेछ ।

    कोरोना महामारीले गर्दा बेरोजगार भएका आफ्नै गाँउमा स्वरोजगार हुन चाहनुहुन्छ चाहने सबैलाई विवेकशील साझा कृषि अभियानमा आवद्ध लाभ लिन सकिने विवेकशील साझा पार्टीका स्याङ्जा जिल्ला संयोजक भिम नारायण कोइरालाद्वारा जारी प्रेस नोटमा बताइएको छ ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images