साउदीमा १५ जूनदेखि मागपत्र प्रमाणीकरणको काम सुरु
  • SNN Nepal

  • काठमाडौँ ।साउदीमा रहेको नेपाली दूतावासले १५ जूनदेखि मागपत्र प्रमाणीकरणको कार्य गर्ने भएको छ । ‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको उक्त कार्य यही १५ जूनदेखि पूर्ववत् सञ्चालनमा आउने दूतावासले जनाएको छ ।

    मागपत्र प्रमाणीकरणका लागि जाँदा अब रोजगारदाता कम्पनीको ‘युजर अकाउन्ट’मा पठाइएको मागपत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य गरिएको छ ।

    प्रमाणीकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले अनलाइन प्रणालीमा अपलोड गरेको कागजात दूतावासले प्रिन्ट गरी त्यसैमा छाप लगाइदिने पनि दूतावासले जनाएको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images