किडार्क नेपालले रास्कोट नगरपालिकामा रहेका १८०घरधुरी लाई राहात स्वरुप खाद्यान्न वितरण

भरत राज बिष्ट

  • SNN Nepal

  • कालिकाेट। काेराेना कहरकाे बेला जिल्लाका विभिन्न क्षेत्रमा भाेकमरि समस्या हुन सक्ने जिल्ला बासिकाे भनाई छ । बिगत एक महिना देखि जिल्लामा लकडावन र निषेधाज्ञा छ, किसानहरु खेतमा उत्पादनमा लागे काेराेना लाग्ने डरले खेतबारिमा पनि नजाने बताउछन् ।

    सरकारले खाध्य सँस्थानलाई अनुदानमा चामल बितरण गर्न निर्देशन दिए पनि जिल्ला बासिहरुले खाध्य डिपाे बाट चामल लिन आउन जान कठिन भईरहेकाे बेला प्लान इन्टरनेष्नल नेपाल र बालबालिकाको क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको संस्था किडार्क नेपालले रास्कोट नगरपालिकामा रहेका १८०घरधुरी लाई राहात स्वरुप खाद्यान्न वितरण गरेकाे छ ।

    विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ ले पारेको प्रभावले अति बिपन्न परिवारलाई छाक टार्न गाह्हाे भैरहेकाे अबश्थामा बालबालिकाका परिवारलाई लक्षित गरि खाध्यान्न राहात बितरण गरेकाे किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डेले जानकारि दिनु भयाे । जिल्ला संयाेजक पाण्डेका अनुसार चामल ७५केजि, मुसुरो २० केजि, तोरीको तेल ६ लिटर, चना ६ केजि, राताे सिमि ६ केजि, केराउ ६ केजि चिनि ६ केजि, आयोडिन नुन ६ प्याकेट, हातधुने सावुन१५पिस वितरण गरिएकाे जनाइएकाे छ ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images