फुलेको सुर्यमुखी फुलले लोभ्याउदै रामपुर फाट
  • सीता डोटेल

  • पाल्पा । एक वडा एक उत्पादनमा तेलहन बालीलाई जोड दिएको रामपुर नगरपालिका वडा नम्बर ५ ले लगाएको सुर्यमुखी फुलले अहिले रामपुरको फाट ढकमक्क बनाएको छ ।
    प्रायः बजार क्षेत्रले ढाकिएको वडा नम्बर ५ रामपुरको बजार इलाका हो । बजार क्षेत्रकै मुटु बेझाड बजार- किसानबारी सडकखण्डको बेझाड खेतका दायाँ-बायाँ फुल्ने यहाँको सुर्यमुखी फुलले सबैको मन तानेको छ ।
    कृषि उब्जाउ अन्न भण्डार बेझाड खेतमा सुर्यमुखी खेतीको पकेट क्षेत्र घोषणा गरेर वडाले तेलहन सुर्यमुखी लगाउन किसानलाई सहुलियत दिएको थियो ।
    रामपुर नगरपालिका र कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको समन्वयमा बेझाड खेतको झण्डै २ सय रोपनी क्षेत्रफलमा अहिले सुर्यमुखी लगाइएको छ । बहखोला बेझाड खेत कुलो उपभोक्ता कृषक समूहको जिम्मामा किसानका धेरैर थोरै खेतमा सुर्यमुखी लगाएको हो । समुहलाई उक्त पकेट क्षेत्र कार्यक्रमबाट आवश्यक कृषि सामाग्रीमा ५० प्रतिशत अनुदान सहुलियत दिएको छ ।No description available.बिउमा अनुदान दिइएको छ । त्यसैगरी सिंचाइको संरचना निर्माणरमर्मतमा पनि ५० प्रतिशत अनुदान उपलब्ध छ । कृषि ज्ञानकेन्द्र पाल्पाको ६ लाख सहयोगमा खेती गरेको समुहका अध्यक्ष बलबहादुर रानाले जानकारी दिनुभयो । यो परिक्षणका रुपमा लगाएका हौं, अहिले निकै राम्रो भएको छ, अब यी खेतमा सुर्यमुखी फुलाएर झनै फाइदा लिन सकिन्छ भन्ने छू रानाले भन्नुभयो ।No description available.रामपुर कृषि शाखा प्रमुख रामहरी पाण्डेयले परिक्षणका रुपमा लगाइएको सूर्यमुखी राम्रो भएको बताउनुभयो । हामी नियमित रेखदेख गरेका छौं, रोग किरा, उपचार बिधिका बारे किसानलाई जानकारी गराइरहेका छौ पाण्डेले भन्नुभयो-उहाहरु पनि हौसिनुभएको अहिलेसम्मको सफलताले। वडामा तेलजन्य पदार्थ उत्पादन बढाउन वडाले यहाँ सुर्यमुखी खेती र कोइलीटारीमा तोरी खेतीमा समन्वय गरेको वडा अध्यक्ष हिमाल मल्लले जानकारी दिनुभयो ।No description available.सूर्यमुखी पकेट क्षेत्रको वडाका जनप्रतिनिधि, कृषि प्राबिधिक लगायतको टोलीले समेत अनुगमन गरेको वडा सदस्य साबित्रा गौतमले जानकारी दिनुभयो । भौगिलिक र माटो सुहाउदो तेलहन बालीलाई हामीले जोड दिएका छौ गौतमले भन्नुभयो-वडाले यसैवर्ष देखि सूर्यमुखीको व्यवसायिक खेती सुरु गरेको हो। सूर्यमुखी खेती गर्न किसानलाई अनुदानमा बीउ दिइएको छ ।No description available.सूर्यमुखी फूल संगै अहिले सुर्यमुखीले ढाकिएको फुलमा अवलोकन गर्न आउने र फोटो भिडियो बनाउनेको चहलपहल छ । धेरैले फेसबुकमा खिचेर राखेको देखेर आफू पनि आएको रामपुर ५ कि बिनिता सुनारले बताउनुभयो । अहिलेको क्रेज टिकटक छ, घरका परिवार मिलेर फोटोर भिडियो खिच्न आएको उहाले थप्नुभयो । भाउजू,बुहारी,बहिनी सहित मिलेर रमाइलो गर्न आयौ सुर्यमुखीको अहिलेको लोभलाग्दो फुलले धेरैको ध्यान तानेको छ । यहाँ आएर एकछिन भुल्दा छुट्टै उमंग हुने उहाँको भनाई छ ।

    No description available.No description available.

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images