दमनको पहल, पल शाह को साथमा कोभिड सामाग्रि कालिकोट पुग्दै
  • SNN Nepal

  • कालिकोट। पछिल्लो पुष्ताका चर्चित नायक पल शाहा ले कोभिडको बेला कालिकोट जिल्ला लाई रोजेका छन् । देशका विभिन्न जिल्लामा कोभिड स्वास्थ्य सामाग्रि बोकेर दे दौडामा हिडेका पल शाहाले कालिकोट जिल्लालाई पनि उच्च प्राथमिकतामा राख्नु रहस्यमय कुरा लुकेको चर्चा छ । यो पटक गरि पल शाहाको टिम कालिकोटमा दुईपटक पुग्दैछ।

    बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को बेला दुर्गम जिल्लाका नागरिकहरुको अबश्था प्रति चिन्तित हुँदै यस्तो बर्षाको समयमा कालिकोट आउदै गरेको पल शाहा टिमका एक चर्चित मोडेल तथा समाजसेवि युवा दमन न्यौपानेले बताउनु भयो । उहाँले भन्नू भयो बिगत लामो समय देखि पल शाहा र आफू सँगै काम गरिरहेका छौ । मेरो जन्मभुमि कालिकोट भएकाले पनि पल शाह लाई आफुले बिशेष अनुरोध गरेपछि स्वास्थ्य सामाग्रि बोकेर कालिकोट आउन लागेका हौ ।

    टेलिफोन कुराकानिमा दमन न्यौपानेले भन्नु भयो, हामी काठमाडौ बाट हिडेर धादिङ पुगेउ बाटोमा छौ यात्रा कर्णाली प्रदेशको कालिकोट र दैलेखू लाई केन्द्रित गरि आउदैछौ पानी परिरहेको छ, जोखिम मोलेर दैलेख कालिकोट पुग्नुछ यस्तो बेला पशुपति नाथले हामी सबैलाई साथ देउन, यता भने समाजिक सञ्जाल फेसबुकमा केहिले लेखिसकेकि आफ्नो सम्पर्कमा, पहलमा पल शाह कालिकोट आउदै भनेर यस्तो झुट्टा भ्रम नफैलाउन न्यौपानेले आग्रह गर्नु भयो ।

    न्यौपानेले फेरि थप्नु भयो कर्णाली प्रदेश समाज कान्तो ९टोकियो० जापान, पर्थ नेपाल अर्गनाईजेशन टिम अष्ट्रेलिया, हाम्रो टिम नेपाल र टिम पल शाहको सहयोग अनि सहकार्यमा कालिकोटको रास्कोट अस्पताल,पचाल झरनाको भात्तडी, रकु र मुम्रा स्वास्थ्य चौकिमा आबश्यक स्वास्थ्य सामाग्री सहयोग गर्ने र खाडाचक्र नगरपालिका जिल्ला अस्पताल कालिकोट ९मा अक्सिजन सिलिन्डर, स्वास्थ्य सामाग्री र खाध्यान्न लिएर आउदै छौ ।

    यसैगरि बादि बस्ती दैलेखको तल्लो डुङ्गेश्वोरमा पनि खाध्यान्न तथा कोभिड १९ बिरुद्धका सुरक्षित सामाग्री सहयोग तथा बितरण गर्न आउदै छौ, यो मेरो बिशेष पहलमा पल शाह ल्याउदैछु, आफू हिरो हुन फेसबुकमा लेखेर होईन काम गरेर देखाउन अनुरोध गर्नु भयो । कस्को पहलमा कालिकोट आउदै हुनुहुन्छ भन्दा बिशेश गरि दमन न्यौपाने जन्मेको जिल्लामा पुगेर सेवा गर्ने आफ्नो धोको भएकाले आफ्नो टिमको प्रिय मान्छेको अनुरोधलाई स्विकार गरि कालिकोट आउदैछौ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images