पहुँचका आधारमा खोप, जनप्रतिनिधि र स्वास्थ्यकर्मचारीको बदमासी “एमाले रामपुरले निकाल्यो बिज्ञप्ति”
  • SNN Nepal

  • पाल्पा । पाल्पाका स्थानीय तहले खोप लगाउने जिम्मा पाएसंगै कोरोना संक्रमण बिरुद्ध लगाउने खोपमा चरम लापरबाही भएको पाइएको छ । जिल्ला कोभिड नियन्त्रण समितिको बैठकमा समेत जिल्लाको रामपुर नगरपालिका, तिनाहु गाउपालिका, बगनासकाली गाउपालिका र तानसेन नगरपालिकाले निर्देशन बाहिर गएर खोप लगाइएको बिषय उठेको थियो । स्थानिय तहले राजनितिक त पहुचका आधारमा फोन गरि गरि आफ्ना मानिसलाई बोलाएर खोप लगाइएको पाइएको छ ।
              सरकारले ६२-६४ बर्ष उमेर समुहका लाई जेठ २५ र २६ गते लगाउने निर्णय अनुसार नै जिल्लाले २०६८ सालको जनगणना अनुसार सो समुहका लागि खोप लगाउन भनेपनि यहाँका स्थानीय तहले लापरबाही पुर्वक उमेर हदको ख्याल नै नगरी राजनितिक र नजिकका मानिसलाई खोप लगाएका हुन् ।
              जिल्ला स्वास्थ्य कार्यालयले निकालेको खोप अपडेटमा जिल्लाको रामपुर नगरपालिकाले लगाउनु पर्ने सो समुहका भन्दा धेरैलाई खोप लगाएको छ । सरकारले तोकेअनुसारको खोप लगाउने जनाएर सुचना जारी गरेको नगरपालिकाले ४ दिनसम्म खोप सेवा संचालन गरेको थियो। नेपाल सरकारले गत जेठ २५ र २६ गते उपत्यकामा ६०-६४ बर्ष उमेरका र उपत्यका बाहिर ६२-६४ बर्ष उमेर समुहका नागरिकका लागि खोप लगाउन आग्रह गरेको थियो । १० वटा वडा रहेको रामपुर नगरपालिकामा जेठ २५ गते वडा नम्बर १ देखि ४ सम्म र जेठ २६ गते वडा नम्बर ५ देखि १० सम्मका नागरिकलाई वडामा खोप संचालन गरेको हो । छुटपुट भएका सबै नागरिकलाई रामपुर अस्पतालमा जेठ २७ गते सेवा दिने जनाएको नगरपालिकाले जेठ २८ गते पनि बिहानैदेखि खोप लगाएको हो । अस्पतालमा रामपुर नगरपालिकाका नागरिकका लाई लगाइएको खोपमा मनमर्जी लगाइएको हो ।
             स्वास्थ्य कार्यालयका अनुसार ५ सय ५२ जनालाई तार्गेट गरि खोप लगाउन भनिएको हो । तर रामपुरमा ६ सय ३७ जनाले खोप लगाएका छन् । मनमर्जी रुपमा खोप लगाउन थालेपछी स्थानीयबाट चर्को बिरोध भएको थियो। जनप्रतिनिधि, कर्मचारी र सिमित नेताले आ- आफ्ना मानिसलाई बोलाउदै खोप लगाएपछि थेग्नै नसक्ने भिड बढेको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले हामीले रामपुरलाई ५ सय५२ भाइल खोप दिएका हौ थप कसरी लगायो त्यो नगरपालिका जवाफदेही हुनुपर्ने बताउनुभयो । रामपुरको गुनासो अत्याधिक आएको छ पन्थीले भन्नुभयो-स्थानीय तह नै यसको जिम्मेवार हुनेछ । त्यसो त स्वास्थ्य कार्यालयले निकालेको तथ्यांकमा २५ देखि २७ सम्म डाटा छ तर रामपुर नगरपालिकाले जेठ २८ गतेपनि खोप लगाएको थियो त्यसको विवरण २७ गतेको मा नै जोडिएको छ । निस्दी गाउपालिकाबाट धेरै भएर जिल्ला फर्काउन अस्पतालमा राखेको खोप पनि झिकेर रामपुरले लक्ष्य भन्दा धेरैलाई लगाएको हो । 
            नगरपालिका प्रमुखदेखि केही वडाअध्यक्ष सहितले आफ्ना परिवार र नजिकका मानिस बोलाएपछि अन्य नागरिकले पनि पाउछु भनेर आउदा अस्पतालमा घुचारो भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेले बताउनुभयो । नगरप्रमुख केही वडा अध्यक्षले खोप रहे केहीलाई लगाउनुपर्नेछ भन्नुभयो त्यत्तिकैमा भिड थेगिनसक्नु भयो उहाँले भन्नुभयो । काङ्ग्रेस निकट जनप्रतिनिधिको पहुचमा  केहीले खोप लगाउन थालेपछी स्वास्थ्य प्रमुखमाथि गुनासो आउने चलाखीले स्वास्थ्य प्रमुख स्वयं घिमिरेले कम्युनिस्ट निकट केही र अन्य केहीलाई बोलाएर खोप लगाएको बुझिएको छ ।
         रामपुर ५ का अशोक श्रेष्ठले आफ्नो ८० बर्षे हजुरआमालाई खोप लगाउने भन्दा ६२-६४ उमेरका मात्र भनेर लगाउन नपाएको बरु भर्खरका तन्नेरीले खोप लाएको बताउनुभयो । पहिलो खोप बाहिर लगाएर घर आएका बिद्यार्थी सहित रामपुरमा करिडोरमा काम गर्ने मजदुर, पहिले छुटेका बैंक बित्तिय सस्थाका कर्मचारी, प्रहरी सहित भनसुनको आधारमा ३० देखि ५० उमेर सम्मकाले खोप लगाएका छन् । जेठ २८ गते अन्तिम दिन खोप लगाउनेमा २२ बर्ष उमेर देखिका छन् ।
             खोप लगाएका नागरिकको नाम सहितको तथ्यांक मनमर्जी गर्ने स्थानीय तहले जिल्ला स्वास्थ्य कार्यालयमा समेत दिन सकेनन् । रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे संग तथ्यांक माग्दा दिन नसकिने बताउनुभयो । हतारमा खोपकार्ड बनाउनै सकिएन उहाँले भन्नुभयो- कसैको ठेगाना छैन कसैको उमेर?अहिले हामीले दिन सक्दैनौ । त्यसो त खोप लगाउने समय खोपकार्ड नभरी नागरिकको नागरिकता अन्य कागजपत्रको आधारमा नाम र नम्बर डायरीमा टिपेर भकाभक खोप लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
    निस्दी गाउपालिकाक्क लक्ष्य ३ सय४९ मध्य सो समुहका २ सय ४५ जनाले मात्र खोप लगाएका थिए । रामपुरको सकिएर पनि निस्दीको बचेको १ सय ४भाइल जिल्ला फर्काउन राखिएको खोप समेत झिकेर लगाउन थालेपछि लाइनमा बसेका एकले अर्कोलाई बोलाउने र पहुचका नाममा बोलाउदै जादा २ सय बढीको लाइनमा होहल्ला हुन थालेको थियो । जिल्लामा गुनासो गएपछि जिल्लाले खोप स्थगित गर्न लगाएर जिल्लाले तत्काल जफत गरेको थियो ।
          रामपुरमा भएको खोपको अनियमितताको नेकपा एमाले रामपुरले बिज्ञपति निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विषम परिस्थितिमा समेत खोप मनलाग्दी लापरबाही गरेको भन्दै तथ्यांक सार्वजनिक गर्न माग अनुरोध गरेको छ। राजनितिक र पहुचका आधारमा खोप लगाइएको जनसमुदायबाट व्यापक गुनासो आएकोले सत्यतथ्य सहित खोप लगाएकाहरुको नाम, ठेगाना, उमेरको बिवरण सार्वजनिक गर्न यही बिज्ञप्ति मार्फत माग गर्दछौ अध्यक्ष बिष्णु प्रसाद रेग्मीद्दारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ । सम्बन्धित निकायले खोज गरि अबिलम्ब कारवाहीको समेत माग गरेको छ ।

          



  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images