कालिगण्डकी नदीमा आएको बाढीले सेतिवेणि बजार डुवानको जोखिममा
  • तिलक पराजुलि

  • पर्वत। तिन दिन देखि को लगातार वर्षा को कारण सेतिवेणि बजार डुवानमा परेको छ । हिजो सोमबार शालिग्राम सिला लाई डुवानमा पारेको कालिगण्डकि ले मंगलबार भने वजार भित्र पसेको छ स्याङ्जा तर्फ को १५ घर धुरि लाई पुण रुपले असर गरेको कालिगण्डकि पुर्व तर्फ वाट सेती खोलामा पनि बाढी पसेको छ।


    अझै यहि तरिकाले पानी परिरहने हो भने वजार पुण रुपले डुवानमा पर्ने जोखिम बढेको छ ।बर्षेनी बर्षातको समयमा आनन्दको निद्रा निदाउन नपाउने वजारवासि हरु राति देखि नै घर छाडेर बाहिर नै बसेका छन् । उता स्थानिय डिलाराम भुषाल ,रेशमलाल न्यौपाने ,लक्षिपति न्यौपाने, केशव न्यौपाने लगायतका घरहरुमा पानिको वहाव ले हानेको छ। अहिले पनि पानि पर्ने क्रम रोकिएको छैन । राति देखि पर्वत को प्रहरी चौकि बाट स्थानिय वासि हरुलाई सुरक्षित राख्न प्रहरी परिचालन भएको प्रहरी ले जनाएको छ ।

    बाढी ले सेतिवेणि वजार को अस्तित्व नै धरापमा परेको छ। सेतिवेणि एउटा धार्मिक क्षेत्र मात्र नभयर । सव अन्त्यस्टि गर्ने क्षेत्र पनि हो । यो अवस्था रहिरहँदा सव दहन गर्ने स्थान पनि बाँकी रहेको छैन। वर्षा कायमै रहेको हुनाले वजार वासि हरुमा त्रास कायमै रहेको छ । उता कालिगण्डकि A जलविद्युत आयोजना को लागि वाँधियको ड्याम पुण रुपले खोलियको जानकारि प्राप्त भयको छ ड्याम खोलिय पनि पानिको वहाव ठुलो भयको कारण ले वजार भित्र पानी पसेको छ । अहिले १०/१२ घरहरुमा सामान्य भौतिक क्षेति भयको छ ।अन्य क्षेति भने भयको छैन । हामी निरन्तर रिपोर्टिङ मै छौ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images