शिव खनाल र बर्षा लम्सालको तिज कोशेली ‘रातो साडी’ सार्वजनिक
  • बिकाश भुसाल

  • कपिलवस्तु । कपिलवस्तु जिल्लाका लोक तथा दोहरी गायकको रुपमा चिनिएका शिव खनाल र बर्षा लम्सालको तिज कोशेली रातो साडी सार्बजनिक भएको छ । २०७८ सालको हरितालिका तिजलाइ लक्षित गर्दै स्वभिमान क्रीएसनको प्रस्तुतिमा गायक शिव खनाल र बर्षा लम्सालले असारको पहिलो दिन (असार संक्रान्ती) मै गित सार्वजनिक भएको हो ।

    लोक दोहरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुका सह-सचिब समेत रहेका शिव खनाल र प्रतिष्ठानकै सह-कोषाध्यक्ष बर्षा लम्साल कपिलवस्तुका लोकप्रिय गायकरगायिका समेत हुन । अहिले शिव खनाल र बर्षा लम्सालको जोडिको प्रस्तुतिलाई दर्शक हरुले मन पराउन थालेका छन । हिन्दुहरुको महान चाड हरितालिका तिज २०७८ को पहिलो गितको रुपमा शिब खनाल र बर्षा लम्सालले रातो साडी सार्बजनिक गरेका छन ।

    गितलाइ स्वभिमान क्रीएसनको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । शिव खनाल र बर्षा लम्सालको आवजमा बनेको तिज कोशेली रातो साडी लाई बिष्णु भट्टराईले निर्देशन गरेका छन । शिव खनालको शब्द र बिधान कार्किको लयमा रहेको उक्त गित रहेको उक्त तिज गितमा पार्वती राई र राजु महोत्राको अभिनय रहेको छ । हेरौ भिडियो : 

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images