बालिका बलात्कार गर्ने दुई युवक र चार लागु औषधका गिरोह पक्राउ
  • डम्मर दत्त भट्ट

  • कञ्चनपुर । कञ्चनपुरमा लकडाउनको मौका छोपी किशोरी, बालिका बलात्कार गर्ने दुई युवक पक्राउ परेका छन । कञ्चनपुर प्रहरीले किशोरी र बालिका बलात्कार गर्ने बेदकोट नगरपालिकाका र कृष्णपुर नगरपालिकाका दुई युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले किशोरी, बालिका बलात्कारको आरोपमा दुई जना र लागु औषध सहित चार जना युवक पक्राउ परेको बताए ।

    No description available.

    उनका अनुसार ११ बर्षिया बालिका बत्लाकार गर्ने कृष्णपुर नगरपालिका ४ गुलरियाका ५३ बर्षिया धन बहादुर गुरुङ्ग र २० बर्षिया किशोरी बलात्कार गर्ने समुहका बेदकोट नगरपालिका ५ का २० बर्षिया सिप्पु खुनालाई पक्राउ गरिएको छ । यस्तै कञ्चनपुर प्रहरीले चार लागु औषधका तस्कर समुहलाई समेत पक्राउ गरिएको छ । उनीहरुको साथबाट खैरो हिरोईन सहित पक्राउ परेका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता थापाका अनुसार लागु औषध सहित बेलौरी नगरपालिका क्षेत्रबाट पक्राउ चार युवकलाई पक्राउ गरिएको बताए ।

    No description available.No description available.

    ‘हामीले लकडाउन अवधिभर लागु औषधमा संलग्न ५० भन्दा बढि मानिसलाई पक्राउ गरि मुद्दा चलाएका छौँ, ‘प्रवक्ता थापाले भने, ‘दुई दिनको अवधिमा पनि चार जनालाई पक्राउ गरेका छौँ ।’ बेलौरी नगरपालिका ८कलकत्ता क्षेत्रबाट से ६ प ८०९९नम्बरको मोटरसाईकल सहित कृष्णपुर नगरपालिका ९का लाल बहादुर ऐर र चन्द्र बहादुर साउदलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ७सय ६०ग्राम खैरो हिरोईन बरामद गरिएको छ ।

    No description available.

    बेलौरी नगरपालिका ६ विद्यानगर क्षेत्रबाट सुपप्र ०२००३प६७२४नम्बरको मोटरसाईकल सहित शुक्लाफाँटा नगरपालिका १० झलारीका महेश चौधरी, लालझाडी गाँउपालिका २ का रण बहादुर चौधरीको साथबाट १२।३५ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको छ । कञ्चनपुर प्रहरीले लकडाउनका बेलामा धमाधम लागु औषधका गिरोह पक्राउ गर्न थालेपछि स्थानीय समेत हर्षित भएका छन ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images