भारी वर्षाका कारण अर्घाखाँचीका ६ वटै स्थानीय तहको जनजीवन अस्तव्यस्त
  • SNN Nepal

  • अर्घाखाँची । केही दिन अगाडि देखि लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको जनजीवन अस्तव्यस्त तथा कष्टकर भएको छ ।सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभरका सहरी तथा ग्रामीण भेगका सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।

    जिल्लाको छ वटा स्थानीयतहनै अविरल वर्षाका कारण आकुल व्याकुल भईरहेको अबस्था छ । सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका,पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा पहिरोका कारण कयौ घर परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।

    वर्षाका कारण जिल्ला भित्रका नागरिकको जनजीवन अस्तव्यस्त तथा कष्टकर हुदै गएको भन्दै स्थानीय बासिन्दा त्रसित छन् । नागरिक आवतजाबत गर्न नसक्ने अबस्था छ,सन्धिखर्क नगरपालिकाको भुजुङे गाउँका स्थानियबासीहरु पहिरोका कारण गाउँ छोडेर छिमेकीमा बस्न वाध्य भएका छन् । सडक पहिरोले अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा पहिरो जाँदा सन्धिखर्क गोरुसिङ्गे सडक लगायत कयौं सडक अवरुद्ध भएको छन् ।

    जिल्लामा वर्षाका कारण सामुदायिक बिधालय हरुका भवन हरुपनि उच्च जोखिम छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवन, भुमिकास्थान नगरपालिका ५ असुरकोट र ६ खिल्जीको श्री जनप्रिय मावी उच्च जोखिमा परेका छन्।

    उता जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण बाढी, पहिरो जान सक्ने भन्दै सम्पूर्ण जिल्लाबासीहरुलाई उच्च सतर्कतामा रहन अनुरोध गरेको छ । भने जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उच्च सतर्कतामा राखेको बताएको छ ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images