उपचारका लागि भारत जानुअघि झलनाथले ईश्वरलाई भने- पार्टीलाई मिलाउनुस्
  • SNN Nepal

  • काठमाडौँ।   नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई मिलाउन नेताहरूलाई आग्रह गरेका छन् ।

    बुधबार नर्भिक अस्पतालमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका महासचिव ईश्वर पोखरेललाई नेता खनालले फुटको डिलमा पुगेको पार्टीलाई मिलाउन आग्रह गरेका हुन् ।

    उपचारका लागि खनाल भारत जानुअघि उनलाई भेट्न महासचिव पोखरेल नर्भिक अस्पताल पुगेका थिए । नर्भिकमा भएको भेटमा खनालले महासचिव पोखरेललाई पार्टी मिलाउन आग्रह गरेका हुन् ।

    ‘वरिष्ठ नेता खनालले पार्टीलाई मिलाउन महासचिव पोखरेललाई भन्नुभयो,’ पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले  भने, ‘महासचिवले स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य ठीक भएपछि कुरा गरौँला भन्नुभएको छ ।

    मिर्गौलामा समस्या भएपछि नेता खनाललाई भारतको एपोलो अस्पताल लगिँदैछ । नेता खनालको स्वास्थ्य नाजुक रहेको भेटमा सहभागी एक नेताले बताए ।यसअघि नेता खनाललाई पोस्ट कोभिडको समस्या भनिएको थियो । तर, उनको मिर्गौला फेल भएको नर्भिक अस्पतालले पुष्टि गरिसकेको छ । गत माघमा भारतमा उपचार गराउँदा नै नेता खनालको मिर्गौला फेल भएको थियो ।

     

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images