स्याङ्जाको भीरकोटमा जिप दुर्घटना एक जनाको मृत्यु, ६ घाइते
  • SNN Nepal

  • स्याङ्जा।स्याङ्जा को भीरकोट नगरपालिका ४ दभुङठाँटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी छ जना घाइते भएका छन् ।

    बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप आज बिहान सवा १० बजे भीरकोट– ४ दभुङठाँटीमा दुर्घटना हुँदा जिपमा सवार भीरकोट– ३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    घाइते अवस्थामा उद्धार गरेर भीरकोट नगर अस्पताल पुर्‍याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

    ग्रामीण कच्ची बाटोबाट जिप झण्डै पाँच मिटर तल खस्दा जीपमा सवार भीरकोट– ३ का मनु भन्ने विकास थापा ९जीप चालक०, सोही स्थानका ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रुकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ, पुतलीबजार नगरपालिकाकी २४ वर्षीय दिनेश परियार घाइते भएका छन् ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images