बाढीपीडितको उद्धारमा स्वयंसेवी भावनाले परिचालित हुन – कार्यकर्तालाई एमालेको निर्देशन
  • SNN Nepal

  • काठमाडौ ।  नेकपा एमालेले प्राकृतिक विपद्‍मा स्वयंसेवी भावनाले परिचालन हुन पार्टी पंक्तिलाई अपिल गरेको छ ।

    बुधबार विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले उद्धार राहतमा परिचालिन हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवा पंक्तिलाई आग्रह गरेका हुन् ।

    एमालेले आफ्नै नेतृत्वको सरकारलाई विपद् कार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिविरुद्ध परिचालित गर्ने निर्णय प्रभावकारी कार्यान्वयनका निम्ति पनि ध्यानाकर्षण जनाएको छ ।

    यस्तै उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र बाढीले घरबारविहीन परिवारका लागि अस्थायी बसोवासको प्रबन्धका लागि पनि सरकारसँग माग गरेको छ ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images