प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिने एक युवक पक्राउ
  • SNN Nepal

  • बारा । बाराका प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिई फिरौती रकम मांगेको आरोपमा प्रहरीले कार्यालय सहयोगीलाई आज पक्राउ गरेको जानकारी गराएको छ।

    सुवर्ण गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवलाई धम्की दिई फिरौती मांगेको आरोपमा सुवर्ण गाँउपालिकाको करारमा कार्यालय सहयोगीमा कार्यरत वडा नम्बर ४ निवासी मुकेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

    कार्यालय सहयोगी यादवले अधिकृत श्रीवास्तवलाई फोनबाट १५ लाख रूपैया एक घण्टा भित्र नदिए ज्यान मार्ने धम्की दिई फिरौती मांगेको आरोपमा पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

    अधिकृत श्रीवास्तवलाई एनसेलको अपरीचित नम्बरबाट पटकपटक फोन तथा एसएमएस गरि फिरौती मांग गरेको भन्ने अडियो सहितको सूचनाको आधारमा पक्राउ गरिएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

    प्रवक्ता मिश्रका अनुसार , फिरौती मांग गरेको अडियो सहितको सूचना प्राप्त हुन साथ तत्काल अनुसन्धान टोली गठन गरी सेवा प्रदायक कम्पनी समेतसँग प्राविधिक सहयोग समेत लिएर अनुसन्धानको क्रममा सोही गाउँपालिकामा कारारमा काम गर्ने कार्यालय सहयोगी यादव देखिए अनि हामी नियन्त्रणमा लिईआपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images