कतारमा प्रतिबन्ध खुकुलो बनाइँदै, थप १६५ जनामा संक्रमण
  • SNN Nepal

  • Aerial view of Doha, Qatar

    दोहा ।कोरोना संक्रमण दोस्रो लहर कम हुँदै गएपछि कतारमा लगाइएका प्रतिबन्ध केही खुकुलो बनाइने भएको छ ।

    बुधबार प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षता बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रतिबन्ध थप खुकुलो बनाउने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको निर्णय अनुसार शुक्रबारदेखि १२ भन्दा कम उमेरका बालबालिकालाई पनि महल तथा शुकमा प्रवेश अनुमति दिने जनाएको छ । यसैगरी शपिङ महल ५० प्रतिशत र फुट कोर्ट ३० प्रतिशत क्षमतामा खोल्न पाउने तथा विवाहमा अनुमति दिइएको व्यक्तिको संख्या बढाउन पाउने भएका छन् ।

    कतारमा पछिल्लो २४ घण्टामा थप १६५ जना नयाँ संक्रमित थपिएका छन्। संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २० हजार १९८ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै २४ घण्टामै थप १९८ जना संक्रमण मुक्त भएका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १७ हजार ५५० पुगेको भने संक्रमणबाट अहिलेसम्म ५७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    अहिले कतारमा २ हजार ६९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १२९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ७७ जनाको आईसीयूमा उपचार भैरहेको छ । यो समाचार तयार पार्दासम्म कतारमा २८ लाख ४५ हजार ५८७ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेका छन् ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images