मोरङमा काठ व्यापारी करवामाथि निर्घात कुटपिट, प्रहरीले लिन मानेन जाहेरी
  • SNN Nepal

  • मोरङ। मोरङ को कटहरीका काठ व्यापारीमाथि निर्घात कुटपिट भएको छ ।

    कटहरी–२ हल्दीवारीका जय हनुमान भेनियर उद्योग सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवामाथि निर्घात कुटपिट भएको हो । पुरानो रिसिबीलाई लिएर कटहरी गाउँपालिका–३ का ६५ वर्षीय उचितलाल साह र उनका छोरा ३५ वर्षीय अजय साहले कुटपिट गरेका हुन् ।

    आइतबार पत्रकार सम्मेलन गरी करवाले आफूमाथि साह बाबुछोराले कुटपिट गरेको बताए । कुटपिटबाट करवाको टाउकोमा गहिरो चोटपटक लागेको छ । मरणासन्न हुनेगरी कुटपिट गर्दा पनि मोरङ प्रहरीले जाहेरी नलिएको व्यापारी करवाले गुनासो गरे । करवाले साहविरूद्ध मोरङ प्रहरीमा जाहेरी दिँदा दर्ता नगरी उल्टै मिल्न दबाब दिएको गुनासो गरे । आफूलाई आक्रमण गर्ने बाबुछोरा पहुँचवाला भएकाले प्रहरीले जाहेरी लिन नमानेको उनको गुनासो छ ।

    हुलाकी लोकमार्ग विस्तारको क्रममा कटहरी–२ मा करवाको ३ कट्ठा १७ धुर जमिनमध्ये केही भाग भत्काइएको थियो । २९ जेठमा पसल बनाउन जग्गा छुट्याउन कटहरी–२ पुगेका उनीमाथि हरि राजवंशीको घर पूर्वपट्टि छलफल गरिरहेको बेला मोटसाइकलमा आएका उचितलाल र उनका छोरा अजयले कुटपिट गरेका थिए ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images