देउवाले विधि र प्रक्रिया अनुसार पार्टी चलाउन नसक्दा कांग्रेस निकै कमजोर भयो -प्रकाशमान सिंह
  • SNN Nepal

  • काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १३औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् ।

    लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तर्क्रियामा उनले सभापति शेरबहादुर देउवाले विधि र प्रक्रियाअनुसार पार्टी चलाउन नसक्दा निकै कमजोर बनेको बताएका हुन् ।

    ‘पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भएपनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा हो,’उनले भने । सिंहले चार जना कम्युनिष्ट प्रधानमन्त्रीले निर्माण गर्न नसकेको संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

    कार्यक्रममा युवा नेता गगन थापाले महाधिवेशनबारेमा छलफल गर्ने क्रम सकिएको भन्दै भदौमा हुने महाधिवेशनमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरे। उनले जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षको जिम्मेवारी दिएपनि सरकारको कार्यशैली र सत्तापक्षको झगडाका कारण कांग्रेस प्रदेश र केन्द्रमा सरकारमा जान बाध्य हुनुपरेको बताए ।

     

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images