भोलिदेखि टुटल र पठाओ चल्ने
  • SNN Nepal

  • काठमाडौँ।   भोलिदेखि राइड सेयरिङ सेवा सञ्चालनमा आउने भएको छ । उपत्यकामा निषेधाज्ञा सुरु भएसँगै बन्द भएको राइड सेयरिङ सेवा जोर(विजोर प्रणाली लागू भएसँगै सञ्चालनमा आउने भएको हो ।

    मास्क सेनिटाइजरलाई अनिवार्य गरेर सेवा सुरु गरिने पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए ।

    ‘आज राति १२ बजेदेखि राइड सेयर सुरु गर्ने तयारी छ । मास्क र सेनिटाइजरबाहेक अरु के स्वास्थ्य प्रोटोकोल बनाउन सकिन्छ भनेर छलफलमा पनि छौँ,’ उनले भने ।

    त्यस्तै टुटलले पनि भोलिदेखि सेवा सुरु गर्न सम्पूर्ण तयारी गरिसकेको जनाएको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images