खसीबोका चोरेको आरोपमा एकजना पक्राउ
  • SNN Nepal

  • मोरङ।खसी–बोका चोरेको आरोपमा मोरङको सुन्दरहरैंच नगरपालिकबाट एकजना पक्राउ परेका छन्

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ बस्ने २७ वर्षीय डम्मर कटुवाल हुन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार शुक्रबार दिउँसो १ बजे सुन्दरहरैचा–३ गछियाका जीवन खड्काको बाख्राको खोरबाट अन्दाजी ३० केजीको सेतो रंगको र अन्दाजी १८ केजीको कालो पेटारे रंगको खसी चोरी भएको खबर पाएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले एक घण्टाभित्रै सुन्दरहरैँचा–८ कृष्ण पेट्रोल पम्प उत्तरतर्फको बाटोमा उक्त खसीहरू डोर्‍याएर लाँदै गरेको अवस्थामा फेला पारेको हो

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images