युरोकप २०२० नकआउट चरणमा पुग्यो डेनमार्क, समूह चरणबाटै बाहिरियो रसिया
  • SNN Nepal

  • युरोकप २०२० को समूह ‘बी’मा रहेको डेनमार्कले यसअघि दुई खेलमा हार व्यहोर्नु परेको थियो । दुई खेल हारेको डेनमार्क समूह चरणबाटै घर फर्कन सक्ने कतिपयको अनुमान थियो ।

    तर, सोमबार राति भएको खेलमा रसियाविरुद्ध सानदार जित निकाल्दै डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ । डेनमार्कले रसियालाई ४(१ को अन्तरले हराएको हो ।

    खेलको ३८औँ मिनेटमा मिक्केल डम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । दोस्रो हाफको ५९औँ मिनेटमा डेनमार्कका युसुफ पलसेनेले गोल गर्दै अग्रता दोब्बर पारे ।

    ७०औँ मिनेटमा रसियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अर्टेम डिज्युबाले खेललाई २(१ को स्थितिमा ल्याए । तर, ७९औँ मिनेटमा आन्द्रेस क्रिस्टेनसेनले डेनमार्कका लागि तेस्रो गोल गरे । खेलको ८२औँ मिनेटमा डेनमार्कका जोकिम मिहीले थप गोल गर्दै रसियाविरुद्ध ४(१ को स्थितिमा पुर्‍याए ।

    सुरुआति समयदेखि नै खेलमा डेनमार्कले दबदबा बनाएको थियो । रसियाविरुद्ध पनि हारेको भए समूह चरणबाटै बाहिरिने दबाबमा थियो डेनमार्क । सोही कारण डेनमार्क आक्रमक देखिएको थियो ।

    यसअघि फिनल्यान्ड र बेल्जियमसँग हारेको डेनमार्क ३ अंकसहित समूहको दोस्रो स्थानमा पर्न सफल रह्यो । गोल अन्तरका कारण ३ अंक नै पाएको रसिया भने चौथो स्थानमा छ । योसँगै रसिया समूह चरणबाट नै बाहिरिएको छ ।

    सोमबार नै फिनल्यान्डविरुद्ध जित निकालेको बेल्जियम समूह ‘बी’को विजेता बनेको छ भने डेनमार्कलाई हराएको फिनल्यान्ड ३ अंकसहित तेस्रो स्थानमा छ ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images