कोपा अमेरिका पराग्वेविरुद्ध अर्जेन्टिनाको जित, १० मिनेटमा गरेको गोल बन्यो निर्णायक
  • SNN Nepal

  • काठमाडौँ।  कोपा अमेरिका अन्तर्गत समूह ‘ए’को तेस्रो खेलमा अर्जेन्टिनाले जित हात पारेको छ ।

    मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    खेलको १०औँ मिनेटमा नै एलेजान्द्रो डारियो गोमेजले अर्जेन्टिनाका लागि गोल गरेका थिए । अन्ततस् सोही गोल नै निर्णायक बन्न पुग्यो ।

    पहिलो हाफको अतिरिक्त समयमा पनि अर्जेन्टिनाले एक गोल गरेको थियो । तर, भीआर परिक्षणबाट अफसाइड ठहरिएको थियो ।

    खेलमा पाराग्वेले निकै राम्रो प्रदर्शन गरेको थियो । अर्जेन्टिनाले भन्दा बढी पाराग्वेले बलमा आफ्नो नियन्त्रण कायम गरेको थियो । अर्जेन्टिनाभन्दा बढी पराग्वेले नै प्रहार गरेको थियो । तर, पराग्वेको कुनै पनि प्रहार गोलमा परिणत हुन सकेन ।

    खेलमा जित निकालेसँगै अर्जेन्टिनाले ३ अंक जोडेको छ । यसअघि चिलीसँग बराबरी खेलेको अर्जेन्टिनाले उरुग्वेविरुद्ध जित हात पारेको थियो । अहिले अर्जेन्टिना ७ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

    पहिलो खेलमा बोलिभियालाई हराएको पाराग्वेले दोस्रो खेलमा अर्जेन्टिनासँग हार व्यहोरेको हो । पाराग्वे ३ अंकसहित समूहको तेस्रो स्थानमा छ ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images