कोपा अमेरिका- भिडालको आत्मघाती गोलले उरुग्वेसँग बराबरीमा रोकियो चिली
  • SNN Nepal

  • काठमाडौं ।  मिडफिल्डर अथुरो भिडालले आफ्नै पोष्टमा आत्मघाती गोल गर्दा चिली उरुग्वेसँग बराबरीमा रोकिएको छ ।कोपा अमेरिका फुटबलको समूह ‘ए’ अन्तर्गत सोमबार राति भएको खेलमा चिली उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

    खेलको २६औँ मिनेटमा इडुअर्डो भर्गासले गोल गर्दै चिलीलाई १(० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६६औँ मिनेटमा भिडालले आफ्नै पोष्टमा गोल गरेपछि खेल १-१ नतिजामा पुग्यो । उरुग्वेले हानेको कर्नरमा भिडालले हेड गर्दा आफ्नै पोष्टमा गोल हुन पुगेको थियो ।

    खेल बराबरीमा सकिएपछि दुबै टिमले १-१ अंक बाडेका छन् । यसअघि अर्जेन्टिनासँग बराबरी खेलेको र बोलिभियाविरुद्ध जित हासिल गरेको चिली जम्मा ५ अंकसहित समूहको दोस्रो स्थानमा छ ।

    अर्जेन्टिनासँग हार बेहोरेको उरुग्वे भने दुई खेलबाट १ अंक जोड्दै समूहको चौथो स्थानमा छ ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images