बारामा हत्या गरेको आरोपमा दुई जना पक्राउ
  • अनिलकुमार साह

  • बारा । बाराको विश्रामपुर गांउपालिका वडा नं. २ भरवलिया टोल निवासी २५ वर्षीय भादो भन्ने बिरेन्द्र बैठाको हत्यामा संलग्न रहेका मन्दिरका पुजारी सहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    फेटा गांउपालिका वडा नं. ३ फुलवरिया टोल निवासी ३५ वर्षीय पारस महतो धानुक र विश्रामपुर गांउपालिका वडा नं. २ बरैनिया निवासी ७२ वर्षिय बिरबहादु यादव (दास बाबा) लाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।

    घट्नाको अनुसन्धान गर्ने क्रममा सोमबार (हिजो) बरैनिया बजारमा रहेको हनुमान मन्दिरको प्राङ्गनमा सर्च गर्दा बालुवा राखी थुपारेको सिमेन्टको बोरामा रगत जस्तो पदार्थको टाटाहरू समेत शंकास्पद रुपमा भेटिएको थियो ।

    सोही आधारमा यादव र धानुकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक एवम् बारा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका हुन।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images