युरोकप २०२० : चेक रिपब्लिकलाई हराउँदै इङ्ल्यान्ड बन्यो समूह विजेता
  • SNN Nepal

  • काठमाडौं ।    युरोकप २०२० अन्तर्गत इङ्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

    मंगलबार राति भएको समूह चरणको खेलमा इङ्ल्यान्डले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

    समूह “डी,मा रहेको इङ्ल्यन्डले चेक रिपब्लिकविरुद्ध खेलको १२औँ मिनेटमा अग्रता लिएको थियो । इङ्ल्यान्डका रहिम स्ट्रर्लिङले गरेको उक्त गोल नै निर्णायक बनेको थियो ।

    यसअघि समूह चरणका खेलमा इङ्ल्यान्डले क्रोएसियालाई १-० ले पराजित गरेको थियो भने स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।

    यता ३ खेलमा ४ अंक जोडेको चेक रिपब्लिक समूहको तेस्रो स्थानमा छ । चेक रिपब्लिकले यसअघि समूह चरणका खेलमा स्कटल्यान्डलाई २(० ले हराएको थियो भने क्रोएसियासँग १(१ गोलको बराबरी खेलेको थियो ।

    उत्कृष्ट तेस्रो भएको चेक रिपब्लिक पनि नकआउटचरणमा प्रवेश गरेको छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images