युरोकप २०२० स्कटल्यान्डविरुद्ध क्रोएसियाको सानदार जित
  • SNN Nepal

  • काठमाडौं । युरोकप २०२० अन्तर्गत मंगलबार राति भएको खेलमा क्रोएसियाले स्कटल्यान्डविरुद्ध सानदार जित निकालेको छ ।समूह डी अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ गोलले पराजित गरेको क्रोएसिया समूह उपविजेता भन्दै अन्तिम १६ मा प्रवेश गर्‍यो ।

    क्रोएसियाले स्कटल्यान्डविरुद्ध १७औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । निकोला भ्लासिचले गोल गरेसँगै क्रोएसियाले अग्रता लिएको हो ।

    खेलको ४२औँ मिनेटमा स्कटल्यान्डले बराबरी गोल फर्कायो । स्कटल्यान्डका क्यालम मक्ग्रेगरले बराबरी गोल गरेका थिए ।

    पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा क्रोएसियाले दुई गोल गर्‍यो । ६२औँ मिनेटमा क्रोएसियाका लुका मोड्रिचले गोल गर्दै खेलमा पुनस् अग्रता कायम गरे । खेलको ७७औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गरेसँगै स्कटल्यान्ड ३-१ गोल अन्तरले पराजित भयो ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images