सरकारले एसिड पीडितको उपचार तथा औषधि खर्च आजीवन बेहोर्ने (कार्यविधिसहित)
  • SNN Nepal

  • काठमाडौँ । एसिड आक्रमणमा परेका पीडितहरुको उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने भएको छ ।

    ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि २०७८’ मा पीडितको कस्मेटिक उपचार बाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने उल्लेख छ । कार्यविधि जेठ ३१ गतेबाट लागू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले पीडितको थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोकेको छ । मन्त्रालयले तोकेका यी अस्पतालले पीडितको उपचार अनिवार्य रुपमा तुरुन्तै गर्नुपर्ने कुरा कार्यविधिमा उल्लेख छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images