क्लबको रक्तदान कार्यक्रममा ६५ जनाले गरे रक्तदान
  • SNN Nepal

  • पाल्पा । युथ युनियनले राखेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । कोभिड-१९ को निषेधाज्ञाका कारण ब्लड बैंकहरुमा हुन गएको रगतको अभावलाई मध्यनजर गर्दै क्लबले विभिन्न सस्थाहरुको समन्वयमा रक्तदानको आयोजना गरेको थियो।

     रामपुर नगरपालिका वडा नम्बर ५ ठुलोटारमा भएको रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, संघ सस्था, व्यापारी व्यबसायी तथा सर्वसाधारण नागरिक गरि ६५ जनाले रक्तदान गरेका थिए । क्लबको आयोजनामा भएको कार्यक्रममा रामपुर क्षेत्रका युवा, व्यवसायी उत्साहका साथ सहभागी भएका थिए ।

         

    युथ युनियन मटेरीले रामपुर नगरपालिका संगको सहकार्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको समन्वय, लुम्बिनी मेडिकल कलेज प्रभास र रामपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदानको कार्यक्रम राखेको हो ।
    “कोभिडको बेला रगत बढी चाहिन्छ दिन पाउँदा खुशी छु” राजु रायमाझीले भन्नुभयो । रामपुर नगरपालिकाकी कर्मचारी सुन्दरी बस्ताकोटीले पहिलोपटक रगत दिएको बताउदै कसैको जीवन बचाउने बुटी रगत सम्झेर दिन उत्साही भएको बताउनुभयो । रामपुर ५ का गोबिन भट्टराईले पनि १ पोका रगत दिए ।” हामी युवाले नदिएर कसले दिने” भनेर रगत दिएको उनको भनाइ छ । रामपुर ६ कि बसना श्रेष्ठले रगत दिन पाउँदा रमाइलो लागेको बताउनुभयो । स्वास्थ्यकर्मी अमृत काफ्लेले युवा क्लबले समयसापेक्ष काम गरेकोले मौकामा ब्लड दिएको बताउनुभयो ।

    रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रक्तदान शुभारम्भ गर्दै रक्तदानको महत्वबारे अझै चेतना हुन नसकेको बताउनुभयो । रक्तदान र संकलन तथा यश क्षेत्रमा ब्लड बैंक अत्यावश्यक रहेकोमा उहाले जोड दिनुभयो ।

    नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले समाजले गर्ने नियमित कार्यक्रम रोकिएकाले विभिन्न स्थानीय संघ संस्थाहरुको समन्वयमा रक्तदान कार्यक्रम गरेको बताउनुभयो । रक्तदान गर्नै नहुने भन्ने हुदैन, स्वस्थ्य मानिसले नियमित रक्तदान गर्न सकिने उहाँको भनाई थियो ।
     समाजका रुपन्देही शाखा उपाध्यक्ष भीष्म के.सी.ले देशैभरका ब्लड बैंकहरुमा रगतको अभाव देखिन थालेपछि समाजले ग्रामीण भागहरुमा समेत पुगेर रगत संकलन गर्दै आएको बताउनुभयो । ‘रगत अभावको कारण कसैको ज्यान नजाओस् भन्ने ध्येयका साथ कार्यक्रम सञ्चालन गर्दै आए पनि निषेधाज्ञाले समस्या पार्न थालेको उहाले बताउनुभयो। संकलन भएको रगत लुम्बिनी मेडिकल कलेजको ब्लड बैंकमा राखिएको छ ।
           

     युथ युनियन मटेरीका अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै रानाले क्लबको सामाजिक काममा सबैले  साथ दिएकोमा धन्यवाद दिनुभयो । कार्यक्रमको सञ्चालन युथ युनियन मटेरीका सचिव दिपेन्द्र भट्टराईले गर्नुभएको हो ।
       यसैबिच रामपुर नगरपालिकाले रक्तदान अघि रक्त दाताहरुको एन्टिजेन परिक्षणको व्यबस्था समेत गरेको थियो ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images