नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन
  • SNN Nepal

  • काठमाडौँ।  नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ ।

    कोरोना संक्रमणपछि लामो समयदेखि उपचाररत श्रेष्ठको नर्भिक अस्पतालमा उपचारकै क्रममा बिहीबार दिउँसो निधन भएको हो ।

    कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

    २०७५ सालमा नेपाल खुदा व्यापार संघको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ २०३६ सालमा संघ स्थापना गर्ने मध्येका एक संस्थापक सदस्य थिए ।

    भक्तपुरको बोडे स्थायी घर भएका उनी पछिल्लो समय परिवारकासाथ डिल्ली बजार बस्दै आएका थिए ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images