अभिनेता शाहरुख खानको बलिउड यात्रा ३० वर्ष पुरा
  • SNN Nepal

  • मुम्बई (एबीपी लाइभ) ।अभिनेता शाहरुख खानले बलिउड यात्राको ३० वर्ष पुरा गरेका छन् । उनले ऋषि कपूर र दिव्या भारती स्टारर फिल्म ‘दिवाना’बाट बलिउड यात्रा सुरु गरेका थिए ।

    बलिउडको ३० वर्षे यात्रा पुरा गरेको खुशीमा उनले ट्वीटरमार्फत आफ्ना फ्यानप्रति आभार व्यक्त गरेका छन् । भावुक किसिमले लेखिएको उनको ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ट्वीटरमा ‘३०गोल्डेन इयर्स अफ एसआरके’ ट्रेण्ड बनाइएको छ ।

    ‘काम गरिरहेको छु । अहिले हेरिरहेको छु, तपाईंहरुको यति धेरै प्रेम । जो तपाईहरु ३० वर्षदेखि ममाथि दिइरहनुभएको छ । अहिले महशुस भएको छ कि तपाईंलाई मनोरञ्जन दिने कोशिस गर्दा मैले आफ्नो आधा बढी जिन्दगी बिताइसकेछु । भोलि थोरै समय निकाले तपाईंहरुसँग कुरा गर्नेछु । यो प्रेमका लागि धन्यवाद’, उनले ट्वीट गरेका छन् ।

    शाहरुखले फिल्म उद्योगमा पाइला चाल्दा उनका कोही ‘गडफादर’ थिएनन्, न त उनलाई कसैले सिफारिस नै गरेको थियो । आफ्नै मेहनतले उनले सफलताको कथा लेखे ।

    टेलिभिजनको अभिनय हुँदै फिल्मी अभिनयमा आएका शाहरुखले सकारात्मक र नकारात्मक दुवै भूमिका निभाए ।

    उनले फिल्ममा आउनासाथ विवाह गरे । त्यसपछि उनी पर्दामा आफ्नो रोमान्टिक छविलाई प्रस्तुत गर्न थाले ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images