जनताको सुखदुःखको सारथि बन्दै लेखापाल गौतम
  • बिकाश भुसाल

  • कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाका लेखापाल सानै उमेर देखिनै सामाजिक तथा मानवीय कार्यमा उत्प्रेरित गिरिराज गौतमले स्वर्गीय आमाको स्मृति तथा जन्मोत्सवको अवसरमा गरिव, विपन्न तथा अपांगता भएका व्यक्तिहरुको घाउमा मलम लगाएका छन् ।

    No description available.

    अर्घाखाँची पाणिनि गाउँपालिका वडा नं. २ रयले स्थायी घर भएका गौतम कपिलवस्तुका १२ विपन्न घर परिवारको साहारा बनेका छन् ।

    No description available. नेपाल युवा संस्था संजाल (आयोन) को आयोजना, गौतमको आर्थिक सहयोग तथा आम नेपाली टिभिको समन्वयमा कपिलवस्तुका विभिन्न स्थानका विपन्न परिवारहरुलाई खाद्य सहित विभिन्न सामग्री प्रदान गरिएको छ ।

    No description available.

    जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ९, ३ तथा बाणगंगा नगरपालिका वडा नं. ८ का विपन्न, सुकुम्वासी तथा अपांगता भएका परिवारलाई खाद्य सामग्रीहरु दाल, चामल, नुन लगायत लाखुट्टेको टोकाईबाट बच्नका झुल प्रदान गरिएको हो ।

    No description available.

    आयोनका केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारी, रोट्रयाक्ट क्लव अफ बुद्धभूमिका उपाध्यक्ष लेखनाथ बेल्बासे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका सह सचिव शिव खनाल, सदस्य मिसन भुसाल, युवा व्यवसायी रतन विक, सञ्चारकर्मी बिकास भुसाल, पशुपति गिरी, सागर पौडेल लगायतको टोलिले घरघरमै पुुगेर सामग्री हस्तान्तरण गरेको हो ।

    No description available.

    बुद्धभूमि नगरपालिका वडा नं. ९ चौवन्नपुरकी एकल महिला सुशिला भुसालले सामग्री ग्रहण गर्दै विहान साँझ छाक टार्न गाह्रो भएको यो विषम परिस्थितीमा खाद्य सामग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

    No description available. त्यस्तै बाणगंगा ८ सुकुम्वासी बस्तीका कुल बहादुर थारुले घरमा कोहि नभएको र आफु अपांग भएकोले छाक टार्न गाह्रो भएको बताए ।

    No description available.

    बाणगंगा पुलल नजिकै सानो झुप्रोमा रात विताउदै आएका थारुले सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरे । यता सबै सामग्रीहरुको आर्थिक ब्यबस्थापन गरेका गौतमले आफुले दुःख र अभावलाई राम्रोसंग भोगेकोले दिन दुुखी असहय तथा अपांगको साहारा बनेको र आगामि दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

    No description available.गौतमले यो मानवीय कार्य गर्न पाउँदा गर्वको महसुश भएको बताए ।

    No description available.

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images