युरोकपमा आज राति नकआउट चरणका खेल शुरू हुँदै
  • SNN Nepal

  • काठमाडौँ । १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् ।

    नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ । आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन्।

    वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राति पौने १० बजे शुरू हुनेछ । दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन् ।

    आजै हुने दोस्रो खेलमा राति पौने १ बजे इटली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा दुबै टिम जित निकाल्दै अन्तिम आठमा आफुलाई सुरक्षित गर्न चाहन्छन् ।

    इटली विरुद्ध मैदान उत्रन लागेको अष्ट्रिया समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images