आज पनि धेरै स्थानमा पानी पर्ने, केही भू-भागमा भने मेघ गर्जनसहित भारी वर्षाको सम्भावना
  • SNN Nepal

  • Torrential rain causing flood.

    काठमाडौं ।आज प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ ।

    देशभर मनसुनी वायुको प्रभाव रहेको र दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ । अहिले बागमती तथा प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ ।

    भोलि (सोमबार) देशभर बदली रही केही स्थानमा वर्षा हुने छ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यस्तै मंगलबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images