प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो
  • SNN Nepal

  • काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको छ ।

    संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन पक्षका वकिलहरूले आज बहस सकाएका हुन् ।

    प्रतिनिधिसभाका १४६ जना सांसदले हालेको उक्त मुद्दामा बहस गर्न रिट निवेदक पक्षका वकिललाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदक पक्षका २५ भन्दा बढी अधिवक्ताहरूले बहस गरेका छन् ।

    उनीहरूले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेको आरोप लगाउँदै नियुक्तिका लागि आदेश दिन माग गरेका छन् ।

    आइतबार बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल, अधिवक्ता भीमार्जुन आचार्य आदिले बहस गरेका थिए।

    देउवाका वकिलले थप तीन घन्टा जवाफी बहस गर्न पाउने छन् । त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ । सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू हुनेछ । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images