अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा मजदुर घाइते
  • SNN Nepal

  • पाल्पा । पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुई जना मजदुर घाइते भएका छन् । पाल्पाको तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आज दिउसो आगलागी हुँदा दुई जना श्रमिक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    प्रहरीका अनुसार लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर सवारी अलकत्रा बिछ्याउने क्रममा आगलागी हुँदा गुल्मीको इस्मा गाउँपालिका–२, का २० वर्षीय बासु मुखिया र सोही स्थानका २१ वर्षीय तेजबहादुर कुमाल घाइते भएका छन् । गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ ।

    घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images