क्रियाशील सदस्यता विवाद टुंग्याउँदै कांग्रेस
  • SNN Nepal

  • काठमाडौँ। नेपाली कांग्रेसले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणको कामलाई टुंगो लगाउने भएको छ ।

    आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीहरु सम्मिलित बैठकले समान धारणा बनाएर कांग्रेसले जारी गरेको स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिशन कार्यतालिकाकै समयमा सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम अघि बढाइएको नेता रमेश लेखकले जानकारी दिए ।

    उनले पार्टीको आन्तरिक समायोजनमा केही जटिलता भएका कारण अवरुद्ध क्रियाशील सदस्यता इन्ट्रीको काम पनि अघि बढेको बताए । पार्टीको आन्तरिक समायोजनका कारण अवरुद्ध बारा, बर्दिया, सिन्धुपाल्चोक लगायतका जिल्लामा आजदेखि काम अघि बढेको उनले जनाए ।

    उनले भने, ‘अब देशको कुनै पनि जिल्ला कुनै पनि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता सम्बन्धी काम रोकिएको छैन ।’

    नेता लेखकले देशभरीबाट करिव ८ लाख २० हजार सदस्यताको इन्ट्री भएको जानकारी दिए । केही जिल्ला र क्षेत्रमा अहिले इन्ट्रीको काम जारी रहेको जानकारी दिए । अहिले इन्ट्री भइरहेका ५/६ ठाउँबाहेक अरु ठाउँको सदस्यता सार्वजनिक भइरकेको समेत बताए । यससम्बन्धमा उजरी गुनासोका लागि तोकिएको समय पनि समाप्त भइसकेको हुँदा देशभरबाट प्राप्त उजुरी र गुनासोका विषयमा छलफल भइरहेको र समान धारणा बन्नाउने प्रयास जारी रहेको उनले बताए ।

    पार्टीको वडा देखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्व सर्तको रुपमा रहेका क्रियाशिल सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको पनि उनले बताए ।

     

     

     

     

     

     

     

     

     

     

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images