नागरिक समाजसँग छलफल गर्दै विपक्षी पाँच दलको गठबन्धन
  • SNN Nepal

  • काठमाडौँ। प्रतिनिधिसभा विघटनपछि सरकारविरूद्ध आन्दोलीत विपक्षी पाँच दलको गठबन्धनले आज नागरिक समाजसँग छलफल गर्दैछ ।

    प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला विपक्षी गठबन्धनले आफ्नो सक्रियता बढाएको हो ।

    बिहीबार विभिन्न मिडियाका सम्पादक र शनिवार राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेको गठबन्धनले त्यसअघि पाँच विद्यार्थी संगठनलाई सडक संघर्षमा उतारेको थियो ।

    गठबन्धनका शीर्ष नेताहरूले आज २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटनबारे उनीहरूको धारणा बुझ्नेछन् । त्यसपछि आफ्ना भनाइ राख्ने तयारी छ ।

    पाँच दलीय गठवन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानूनी र राजनीतिक चुनौती दिँदै आएको छ ।

     

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images