निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका सिडिओको बैठक बस्दै
  • SNN Nepal

  • काठमाडौं । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक बस्दैछ ।

    काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुनस् आज बैठक बस्न लागेको हो ।

    आइतबारको बैकमा काठमाडौं उपत्यकामा जोर-बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्नेबारे छलफल भए पनि त्यसबारे निर्णय हुन सकेको थिएन ।

    तर, थप खकुलो बनाए निषेधाज्ञ थप्ने विषयमा भने सहमति भैसकेको स्रोतको भनाइ छ । बैठकमा जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको थियो ।

    काठमाडौं उपत्यकामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

    अहिले उपत्यकामा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर(बिजोर र व्यवसायलाई बारको आधारमा सञ्चालन गर्न दिइएको छ । मंगलबारदेखि थप खुकुलो बनाउने तयारी गरिएको स्रोतको भनाइ छ ।

     

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images