१५ किलो गाँजासहित एक जना पक्राउ
  • SNN Nepal

  • बारा। १५ किलो लागुऔषध गाँजासहित प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पर्सा पकहामैनपुर गाउँपालिका –१ का ३६ वर्षीय राज महमत मियाँ हजाम छन्।

    इलाका प्रहरी कार्यालय जितपुरको टोलीले हजामलाई बारा जितपुरसिमरा उपमहानगरपालिका–७ बाट आइतबार अपराह्न पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रका अनुसार मोटरसाइकलमा सवार उनले पिठ्युँ र केरियरमा लुकाएर राखेको अवस्थामा १५ किलो गाँजा फेला परेको हो ।

    उनलाई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images