तेस्रो टी- ट्वान्टीमा दक्षिण अफ्रिका विजयी
  • SNN Nepal

  • काठमाडौँ । वेस्ट इन्डिजविरूद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो टी-ट्वान्टी क्रिकेटमा रोमान्चक जित निकालेको छ ।

    मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो ।

    दक्षिण अफ्रिकाले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

    वेस्ट इन्डिजका लागि निकोलस पुरण र इभिन लेविसले समान २७र२७ रन बनाए । आन्द्रे रसेलले २५ रन जोड्दा लेन्डल सिमोन्सले २२ रन बनाए ।

    सिमोन हिटमायर १७ रनमा आउट हुँदा जासन होल्डर १६ रनमा पेभेलियन फर्किए । फाबियन एलनले अविजित १४ रन जोडे ।

    दक्षिण अफ्रिकाका एन्रिच नोर्किया र ताब्रेज शाम्सीले २र२ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

    जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images