दुखिको घाउमा मलम लगाउदै एमाले नेता देबि बेल्बासे
  • SNN Nepal

  • कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले बुद्दभुमी नगरकमिटीका अध्यक्ष देबि बेल्बासेले दुखिहरुको घाउमा मलहम लगाउने कार्य निरन्तरता दिनुभएको छ ।

     

    मुख्यमन्त्री ग्रामीण बिकास रोजगार कार्यक्रम संचालन समिती बाट पाएको रकम आफुल ब्यक्तिगत प्रयोग नगरी बुद्दभुमी नगरपालिका वडा-२ गोरुसिङे स्थित मिर्गौला पिडित आशिका पुनलाई रकम प्रदान गर्नुभएको छ । नेता बेल्बासेले आफुले भत्ता बापत आएको रु आठ हजार एक सय मृगौला पीडित आशिका पुनलाइ प्रदान गर्नुभएको हो ।

    बुद्दभुमी नगरपालिका वडा – २ निवासी दुर्गा पुनको छोरी आशिका पुन अहिले मिर्गौलामा समस्या आए पछि उपचाररत हुनुहुन्छ । आशिका पुनको बुबा रोजगारीको शिलसिलामा मलेसियामा काम गर्दा गर्दै ज्यान गुमाएको एक बर्ष भएपछी परिवारमा आर्थिक आम्दानीको बाटो नै बन्द भएको हो ।

    परिवारमा आर्थिक अवस्था झनझन कमजोर हुँदै गएको र आशिका पुनको उपचार गर्न आर्थिक अभाब हुन लागे पछि दुर्गा पुनले सहयोगको लागि अपिल गर्नुभएको हो । यस्तै आशिका पुनको बुबाको कम्पनी बाट कुनै पनि आर्थिक सहयोग नआएकाले आवस्यक पहल गरिदिने नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीले बताएको छ ।

    बुद्दभुमी मात्र नभएर हरेक क्षेत्रमा नेकपा एमाले दिन दुखिको साथ दिन सधै सक्रिय रहेको बताउदै आगामी दिनहरुमा पनि आशिकाको उपचारमा सहयोग गर्ने नेकपा एमाले बुद्दभुमीका नगर कमिटी अध्यक्ष देवि बेल्बासेले आश्वासन ब्यक्त गर्नुभयो ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images