ला लिगा फुटबल : नयाँ सिजनको खेल तालिका सार्वजनिक
  • SNN Nepal

  • काठमाडौँ ।स्पेनिस ला लिगा फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

    ला लिगाले सन् २०२१र२२ को सिजनको खेल तालिका बुधबार सार्वजनिक गरेको हो ।

    अगस्ट १४ देखि हुने ला लिगामा पहिलो दिन नै १० खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

    रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोनाले सिजनको पहिलो खेल रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्नेछ ।

    त्यस्तै सिजनको पहिलो एल क्लासिको भिडन्त अक्टोबर २४ मा हुने भएको छ । बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको भिडन्त अक्टोबर २४ मा क्याम्प नाउमा हुने भएको हो ।

    यस्तै सान्टियागो बर्नाबेउमा हुने दोस्रो एल क्लासिको भिडन्त मार्च २० मा हुनेछ ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images